१)      विश्‍व मानचित्रमा नेपालको अवस्थितिबारे लेख्न्नुहोस ।

  • नेपाल पृथ्वीको उत्तरी गोलार्द्धमा पर्ने एसिया महादेशको मध्यभागमा रहेको छ।
  • नेपाल २६° २२’ देखी ३०° २७’ उत्तरी अक्षांशसम्म र ८०° ४’ देखि ८८° १२’ पूर्वी देशान्तरसम्म फैलिएको छ ।
  • नेपालको क्षेत्रफल १¸४७¸१८१ वर्ग कि. मि. रहेको छ ।
  • यसले विश्वको ०.०३% र एसिया महादेशको ०.३% भूभाग ओगटेको छ ।
  • क्षेत्रफलको हिसाबमा नेपाल विश्वका १९२ राष्‍ट्रमध्ये ९०औँ ठूलो देश हो ।

२)      नेपालको प्रामाणिक समयको निर्धारण

  • नेपालको प्रामाणिक समय दोलखा जिल्लामा पर्ने गौरीशंकर हिमाललाई काटेर गएको ८६ १५ को पूर्वी देशान्तर रेखालाई आधार मानिएको छ ।
  • ग्रीनविच मिन टाइम (GMT)भन्दा ५ घन्टा ४५ मिनेट छिटो छ ।
  • यो प्रामाणिक समयको निर्धारण वि सं २०४२ वैशाख १ देखि गरिएको हो ।

३)      हिमाली क्षेत्रका विशेषताहरू

  • देशको कुल भुभागको करिब १५% भुभाग यस क्षेत्रमा रहेको¸
  • विभिन्न हिमनदी र नदीहरूको उद्‍गमस्थल¸
  • बौद्ध धर्मावलम्बीहरूको बसोबास भएको¸
  • यातायात¸ सञ्चार¸ शिक्षा र स्वास्थ्यको अपर्याप्‍त सुविधा¸
  • पशुपालन¸ फलफूल¸ जडीबुटी मुख्य व्यवसाय ।

४)     पहाडी क्षेत्रका विशेषताहरू

  • देशको कुल भुभागको करिब ६८% भुभाग यस क्षेत्रमा रहेको¸
  • सुहाउँदो हावापानी¸
  • ५ वटै विकास क्षेत्रका सदरमुकाम रहेको¸

बाहुन¸ क्षेत्री¸ तामाङ्गजस्ता जाति र हिन्दू धर्म मान्नेहरूको बाहुल्य भएको ।

५)     तराई क्षेत्रका विशेषताहरू

  • देशको कुल भूभागको करिब १७% भूभाग यस क्षेत्रमा रहेको¸
  • अन्न भण्डारले परिचित¸
  • यातायात¸ सञ्चार¸ शिक्षा र स्वास्थ्यको पर्याप्‍त सुविधा भएको¸
  • कृषि¸ पशुपालन¸ उद्योग¸ व्यापार¸ नोकरी आदि पेसा अँगालिएको¸
  • हिमाली र पहाडी क्षेत्रका तुलनामा बेरोजगार संख्या न्यून

६)     नेपालको निजामती सेवामा प्रवेश गरेका नयाँ विषयहरू

  • सुशासन
  • लैङ्गिक समता¸ समानता र मूलप्रवाहिकरण
  • समावेशीकरण
  • उपभोक्ता हक हितको संरक्षण
  • नयाँ सार्वजनिक व्यवस्थापन
  • सक्षम सरकार: सक्षम प्रशासन

७)      निजामती सेवाका विशेषताहरू

क)   राज्यव्यवस्थाको अभिन्न अंग / सरकारको संस्थागत संयन्त्र

ख)   स्वतन्त्र निकायद्वारा कर्मचारीको छनौट

ग)    स्थायी कार्यकाल¸ निश्‍चित पदावधि र उमेरको हद

घ)    नियम कानुनमा आधारित

ङ)     योग्यता प्रणालीमा आधारित

च)    पद सोपानको सिद्धान्तमा आधारित प्रशासनिक संरचना

छ)   लिखित अभिलेखको व्यवस्था

ज)   दोहोरो उत्तरदायित्व

झ)   वृत्ति विकासका अवसरहरूको सुनिश्चित‍ता

ञ)    गैर सैनिक चरित्र

ट)     राजनीतिक रूपमा तटस्थ

ठ)     तोकिएको सेवाको सर्त सुविधा

८)     निजामती सेवा भनेको के हो?

  • नेपालको अन्तरिम संविधान¸ २०६३ को धारा १२६ अनुसार सैनिक अधिकृत वा जवान र सशस्त्र प्रहरी वा प्रहरी कर्मचारीको सेवा वा पद तथा निजामती सेवा वा पद होइन भनि ऐनद्वारा तोकिएका सेवा वा पदबाहेक नेपाल सरकारका अरू सबै सेवा वा पदलाई निजामती सेवा वा पद भनिन्छ ।
  • निजामती सेवा वैतनिक¸ स्थायी र सीपयुक्त कर्मचारीहरूको संगठन हो जसले सरकार र नागरिकबीच पुलको रूपमा रहेर कार्य गर्दछ ।
  • यो सरकारको नीति तथा कार्यक्रमहरू जनतासमक्ष लगि कार्यान्वयन गर्ने र जनगुनासा¸ आवश्यकता र चाहनाका सम्बन्धमा सरकारलाई सुझाव दिने महत्त्वपूर्ण संयन्त्र हो ।

९)     लेखा भन्नाले के बुझिन्छ ?

  • लेखा परीक्षण ऐन¸ २०४८ अनुसार “लेखा” भन्नाले “कारोबार भएको बेहोरा देखिने गरि प्रचलित कानुन बमोजिम राखिने अभिलेख¸ खाता¸ किताब आदि र सो कारोबारलाई प्रमाणित गर्ने अन्य कागजात समेतलाई जनाउँदछ ।”
  • साधारण अर्थमा लेखा भन्नाले प्रचलित कानुन¸ ऐन नियम¸ नीति¸ कार्यक्रम तथा निर्णय¸ आदेश तथा मापदण्डसमेतलाई आधार मानि कारोबारको यथार्थ विवरण देखिने गरि राखिने अभिलेख वा खाता भन्ने बुझिन्छ ।

१०)      लेखा प्रणाली भन्नाले के बुझिन्छ ?

  • आर्थिक कारोबारको लेखाङ्कन गर्ने¸ अभिलेख राख्‍ने र त्यसको नतिजा एवं यथार्थ आर्थिक स्थिति देखाउन अपनाइने व्यवस्थित कार्यविधिलाई लेखा प्रणाली वा स्रेस्ता प्रणाली भनिन्छ ।
  • लेखाका विभिन्न प्रतिवेदनहरू तयार गर्न आवश्यक पर्ने अभिलेखाङ्कन सम्बन्धी क्रियाकलाप नै लेखा प्रणाली हो ।
13 thoughts on “विषयगत प्रश्‍नोत्तर १”
  1. यो प्रयासको लागि स्वागत छ । सकेसम्म शाखा अधिकृत पदका सामाग्रीहरु पनि राखिदिएमा हामी जस्ता दुर दराजका बेरोजगार युवालाइ राहत मिल्थ्यो की ।

    1. प्रेम प्रसाद खनाल ज्यू यहाँको अमूल्य सूझावका लागि धन्यवाद ।

    1. #Bbson You can get the link to several notes on the Box widget on the top left corner of this site. Plz visit there, and do send the reply.
      Thank You

Leave a Reply

Your email address will not be published. Required fields are marked *