११)        कार्यालय व्यवस्थापनमा कम्प्युटर प्रणालीको आवश्यकता र महत्त्वबारे लेख्‍नुहोस् ।

  • लामो तथा झन्झटिलो कागजी कार्य प्रणालीलाई सरल तथा मितव्ययी बनाउन
  • कम समयमा बढी कार्य गर्न
  • कार्यमा विश्‍वसनीयता कायम राख्‍न
  • अनावश्यक जनशक्ति घटाउन
  • जटिल कार्यप्रणालीलाई सरल बनाउन
  • आधुनिक सञ्चारको प्रणालीको रूपमा प्रयोग गर्न
  • ढिला-सुस्ती¸ अनियमितता तथा छलकपटलाई कम गर्न (सुशासनको प्रत्याभूति दिलाउन)
  • फाइलिङ प्रणालीलाई सरल बनाउन
  • कार्यालयमा अनावश्यक कागजी भण्डारलाई कम गर्न
  • कार्यालयको कार्य प्रणालीलाई प्रयोगमा ल्याउन
  • E-Government को अवधारणालाई प्रयोगमा ल्याउन

१२)      भ्रष्‍टाचारका ८ स्तम्भहरू

  1. भ्रष्‍टाचारविरूद्धका रणनीतिहरू
  2. निगरानी राख्‍ने निकायहरू
  3. जनचेतना
  4. जनधारणा
  5. न्यायपालिका
  6. प्रेस
  7. निजी क्षेत्र
  8. अन्तर्राष्‍ट्रिय सहयोग र सहकार्य

१३)      सामाजिक समस्याहरू

  • बालमजदूर
  • लागू औषध दुर्व्यसन तथा ओसारपसार
  • चेलीबेटी बेच-बिखन तथा ओसारपसार
  • शरणार्थी सम्बन्धी समस्या
  • अव्यवस्थित बसाइसराइ
  • जनसंख्या वृद्धि
  • बढ्दो भ्रष्‍टाचार
  • रूढिवादी प्रथा परम्परा¸ अन्धविश्वास‍
  • बाल-विवाह¸ बहुविवाह¸ अनमेल विवाह

१४)       दिगो विकास भनेको के हो ?

  • भविष्‍यका पिँढीका आवश्यकताहरूसँग सम्झौता नगरीकन वर्तमान पिँढीका आवश्यकताहरू परिपूर्ति गर्नु नै दिगो विकास हो ।
  • दिगो विकासका मुख्यतया दुई सिद्धान्तहरू छन्

i.      आधारभूत आवश्यकताको परिपूर्ति

ii.      विद्यमान स्रोतको उचित प्रयोग ।

  • “दिगो विकास” शब्दको प्रयोग सन् १९८३मा UNOद्वारा गठित वातावरण र विकाससम्बन्धी विश्‍व आयोग Brundtland Commission (ब्रुन्टल्याण्ड आयोग) [जसको अध्यक्ष Norway की प्रधानमन्त्री Dr. Gro Harlem Brundtland थिइन्] द्वारा सन् १९८७मा “हाम्रो साझा भविष्य” [Our Common Future] मा ल्याइएको थियो ।
  • प्राकृतिक स्रोत¸ साधन¸ वातावरण¸ जनसंख्या र विकास गतिविधिहरू बीचको उचित एवं सन्तुलित तालमेललाई नै दिगो विकास भनिन्छ ।
  • वर्तमान पिँढीलाई वातावरण नबिग्रने गरी आफ्नो जीवनस्तर उकास्न सहयोग पुर्‍याउन यसले सहयोग गर्छ ।

१५)       वातावरण व्यवस्थापन बारे चर्चा गर्नुहोस् ।

  • जनसङ्ख्या¸ वातावरण र विकास समानुपातिक ढङ्गले अगाडि बढाउनु नै वातावरण व्यवस्थापन हो ।
  • वातावरण संरक्षण¸ वातावरण संरक्षण र आर्थिक विकास¸ वातावरण र गरिबी निवारण बीचको अन्तरसम्बन्ध¸ वातावरण र समग्र विकास बीचको सम्बन्ध¸ वातावरण र राष्‍ट्रिय नीति तथा क्षेत्रगत नीतिहरू बीच सम्बन्ध आदि विषयहरू वातावरण व्यवस्थापनसँग सम्बन्धित छन् ।
  • वास्तवमा वातावरण व्यवस्थापन एउटा यस्तो पद्धति हो¸ जसबाट प्रतिकूल वातावरणीय प्रभावलाई प्रक्रियागत तरिकाबाट न्यून गरी निरन्तर रूपमा वातावरणीय गुणस्तर कायम गरिन्छ ।
  • वातावरण व्यवस्थापनले हरित विकासको अवधारणालाई प्रोत्साहन दिई मानवीय क्रियाकलाप र विकास निर्माणलाई वातावरण मैत्री (Eco-friendly) बनाउँदै जलवायु परिवर्तनबाट हुने प्रतिकूल असरलाई न्यूनीकरण गर्ने एवं अनुकूलित बनाउने लक्ष्य लिएको हुन्छ ।

१६)      वातावरण व्यवस्थापनको महत्त्व लेख्‍नुहोस् ।

  1. पारिस्थितिक पद्धतिको संरक्षण गर्न¸
  2. जैविक विविधताको संरक्षण गर्न¸
  3. भू-क्षय¸ वन विनाश¸ बाढी पहिरो जस्ता‍ प्राकृतिक प्रकोप कम गर्न¸
  4. प्रकृतिको संरक्षण गर्न एवं स्रोतहरूको खपत कम गर्न¸
  5. जनसङ्ख्या नियन्त्रण गर्न¸ अव्यवस्थित सहरीकरणमा कमी ल्याउन¸
  6. प्रकृति एवं मानव जीवनलाई खतरा हुने उपकरण निर्माणमा र प्रयोगमा रोक ल्याउन¸
  7. पर्यटकीय विकासमा सघाउ पुर्‍याउन¸

१७)      संविधान भनेको के हो?

  • संविधान देशको मूल कानुन हो । यसलाई सबै कानुनको जननी भनिन्छ । योसँग बाझिएका कानुनहरू बाझिएको हदसम्म अमान्य हुन्छन् ।
  • संविधान राजनैतिक एवं कानुनी दस्तावेज हो ।

i.      राजनीतिक दस्तावेज हुनुको कारण :- देशको राजनीतिक परिस्थितिका आधारमा संविधान बन्दछ र भविष्यका शासन व्यवस्थाको समग्र पद्धति स्थापित गर्दछ ।

ii.      कानुनी दस्तावेज हुनुको कारण :-  संविधानले मानक र मापदण्डहरूको निर्धारण गर्दछ । यो नियमहरूको सँगालो हो ।

  • संविधानलाई न्याय¸ समानता र स्वतन्त्रताको आधारशिला मानिन्छ ।
  • राज्यका अङ्गहरूको सिर्जना गरी शक्तिको बाँड फाँड गर्ने काम यसले गर्दछ । शासन व्यवस्था सञ्चालनको खाका यसले नै कोर्दछ ।
  • संविधानका प्रमुख ४ कामहरू

i.      संविधानले राज्यका प्रमुख अङ्गहरूको संगठन¸ संरचना निर्माण गर्दछ । (Organizing)

ii.      ती संरचनाले गर्न काम¸ कर्तव्य र अधिकारको बाँड फाँड गर्दछ । (Distributing)

iii.      ती निकायहरू बीच एक आपसमा नियन्त्रणको प्रबन्ध गर्दछ । (Regulating)

iv.      ती निकायहरूको अधिकारमा सीमाङ्कन गर्दछ । (Limiting)

  1. प्रथम लिखित संविधान संयुक्त राज्य अमेरिकामा सन् १७८९ बाट सुरु भएको हो ।

१८)     संविधान किन आवश्यक छ ?

  1. स्वेच्छाचारी शासनमा सिमा लगाउन¸
  2. निरङ्कुशतालाई अस्वीकार गर्न¸
  3. कानुन प्रति उत्तरदायी बनाउन¸
  4. सरकारलाई नियन्त्रण गर्न¸
  5. कानुन/विधिको शासनको स्थापना गर्न¸
  6. आमजनतालाई लाभान्वित तुल्याउन¸
  7. मानवअधिकारको सम्मान गर्न ।

१९)      संविधानका विशेषताहरू लेख्नुहोस् ।

  • संविधानको सर्वोच्चता हुन्छ ।
  • संविधानले शासकीय शक्तिमा सीमा लगाउँदछ ।
  • नागरिक अधिकार प्रति सम्मान प्रकट गर्दछ ।
  • शक्तिको दुरुपयोगलाई अस्वीकार गर्दछ ।
  • सरकारलाई जनता प्रति उत्तरदायी बनाउँदछ ।
  • यसले सुशासनको प्रत्याभूति गर्दछ ।

२०)     राजनैतिक विभाजनका आधारहरू लेख्नुहोस् ।

  • भौगोलिक र जनसङ्ख्याको स्थिति
  • प्रादेशिक एकता र जातीय एकता
  • धर्म¸ रीतिरिवाज तथा संस्कृति
  • विकासका पूर्वाधारहरू
  • प्राकृतिक स्रोत¸ साधनहरूको उपलब्धता
  • सामाजिक बनोट


One thought on “विषयगत प्रश्नोत्तर २”

Leave a Reply

Your email address will not be published. Required fields are marked *