शासनको अवधारणा

  • राज्य संचालनका क्रममा सरकारले गर्ने कार्य शासन हो, जस अन्तर्गत विभिन्न विधि, प्रक्रिया, मापदण्ड र कार्यशैली पर्दछन् ।
  • शाब्दिक रूपमा Kubernao ग्रीक भाषाको “शासन” (Governance) अर्थ दिने शब्द जसको मतलब राज्य प्रणाली र स्रोतसाधनको परिचालन/दिशानिर्देश गर्नु भन्ने बुझिन्छ ।

शासनका आधारभूत पक्षहरू

  • नागरिक सर्वोच्चता:- नागरिकहरू नै राज्यको सर्वोच्च शक्ति भएकोले शासन उनीहरूको इच्छामा मात्र संचालन हुन सक्दछ । नागरिक हक अधिकारको सुनिश्चितता शासन प्रणालीको आधारभूत पक्षका रूपमा रहेको हुन्छ ।
  • शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलन:- सरकारका अङ्गहरूमा कार्यविभाजन भई शासन संचालन हुने र हरेक अङ्गका काम कर्तव्य परिभाषित भई संचालन हुने गर्दछ । अङ्गहरूबीच संविधान र कानूनद्वारा नियन्त्रण र सन्तुलनको व्यवस्था हुने गर्दछ ।
  • कानूनको शासन:- कानूनलाई आत्मसात गर्दै शासन संचालन गरिने भएकाले कानूनको पालना र प्रयोग शासनको महत्त्वपूर्ण पक्ष हो ।
  • बहुपात्र समन्वय र बहुपक्षीय सम्बन्ध:- शासनको अभिन्न पक्षको रूपमा राज्य बाहेकका राष्ट्रिय/अन्तर्राष्ट्रिय पक्षहरूसँगको समन्वय, सम्बन्ध सुधार र सहकार्य रहेको हुन्छ ।
  • दूरदृष्टियुक्त शैली:- शासन संचालन सँगसँगै राज्यको गन्तव्य समेत निर्धारण गरिने भएकाले शासनले दूरदृष्टियुक्त कार्यशैली तय गरेको हुन्छ ।
  • अन्य पक्षहरू:- सार्वजनिक सेवा प्रवाह, सामाजिक उत्तरदायित्व, लोकतन्त्र र सुशासन, शान्तिसुरक्षा

शासनका विशेषताहरू/गुणहरू

  • संविधान वा कानून बमोजिम संचालन हुन्छ ।
  • स्रोत साधनको महत्तम परिचालन गर्ने शक्ति हुन्छ ।
  • बहुक्षेत्र, बहुपात्र र बहुविचारसँग सरोकार राख्ने बहुल उद्देश्य र अपेक्षाहरू रहेको विषय हुन्छ ।
  • कार्यक्षेत्र  राज्यको क्षेत्र, दायरा र शक्तिसँग जोडिएको हुन्छ ।
  • राज्य प्रणालीको जीवित मष्तिष्क, आत्मा र नेतृत्वको रूपमा शासन रहन्छ ।
  • राज्यको अस्तित्वसँगै निरन्तर चलिरहने प्रणाली हो ।
  • नागरिक सर्वोच्चता र हित अनुकुल जनप्रतिनिधिद्वारा सावधानीपूर्वक शासनको अभ्यास गरिन्छ ।

शासन र सरकारबीच प्रमुख भिन्नता

आधार शासन सरकार
परिभाषा शासन राज्यव्यवस्था सञ्चालन गर्ने गतिशील प्रक्रिया हो । सरकार शासन सञ्चालन गर्न स्थापना गरिएको एक संयन्त्र हो ।
मूर्तता शासन अमूर्त हुन्छ । सरकार मूर्त हुन्छ ।
परिवर्तनीय पक्ष तुलनात्मक रूपमा लामो अवधिसम्म एउटै कायम रहिरहन्छ । शासनको तुलनामा यो छिटोछिटो परिवर्तन हुन्छ ।
प्रक्रिया/तत्त्व राज्य सञ्चालनका लागि आवश्यक कार्य हो । राज्य निर्माणाको एउटा आधारभूत तत्त्व हो।
वर्गीकरण औपचारिक-अनौपचारिक
सहकारी-व्यवसायिक
नागरिक समाजको
संसदीय, अध्यक्षात्मक
एकात्मक/संघात्मक
लोकतान्त्रिक/निरङ्कुश
सुशासन विभिन्न पक्षहरू
सुशासनका विभिन्न पक्षहरू
  • राजनैतिक पक्ष:- राजनैतिक रूपमा वैधानिक शासन, लोकतान्त्रिक मूल्य, मान्यता, बहुलवाद, जनसहभागिता जस्ता पक्षहरू सुशासनका राजनैतिक पक्ष हुन् ।
  • सामाजिक पक्ष:- सामाजिक न्याय र समानता, समावेशीकरण, सशक्तिकरण, नागरिक अधिकार र मानव विकास जस्ता पक्षहरू सुशासनका सामाजिक पक्ष अन्तर्गत पर्दछन् ।
  • कानूनी पक्ष:- कानूनको शासन, न्यायिक सर्वोच्चता, सरल र सक्षम न्यायप्रणाली, जनमुखी कानूनी व्यवस्था आदि सुशासनका कानूनी पक्ष हुन् ।
  • आर्थिक पक्ष:- आर्थिक विकास, स्रोतसाधनको वितरणात्मक न्याय, वित्तीय अनुशासन, सदाचार, पारदर्शीता र जवाफदेहिता जस्ता विषयहरू सुशासनका आर्थिक पक्षहरू हुन् ।
  • व्यवस्थापकीय पक्ष:- जनउत्तरदायी प्रशासन, प्रभावकारी सार्वजनिक सेवा प्रवाह, निर्णय प्रक्रियामा सरोकारवालाहरूको सहभागिता, प्रतिस्पर्धात्मक क्षमता आदि सुशासनका व्यवस्थापकीय पक्ष अन्तर्गत पर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *