संगठीत अपराध
- परिचय:
- दुई वा सो भन्दा बढी व्यक्तिहरु मिलेर योजनाबद्ध रुपमा संगठीत भई एक वा एक भन्दा बढी गम्भीर किसिमको अपराध गर्ने कार्यलाई जनाउँदछ ।
- H.Abadinsky का अनुसार सैद्धान्तिक रुपले प्रभावित नभएको आपराधिक गतिविधि, पदसोपान सहित (श्रेणीबद्ध रुपमा) संगठीत, दक्ष जनशक्ति (पेसागत दक्षता) र क्षेत्र (कार्य) विभाजन सहित संगठीत, निश्चित िनियमअनुरूप संचालित आपराधिक गतिविधि, स्वेच्छाचारी वा एकछत्र रुपमा गरिने अपराध, पेसेवार अपराधीलाई सदस्य बनाउने प्रवृत्ति वा प्रक्रिया नै संगठीत अपराध हो ।
- यस भित्र देहायका अपराधहरूलाई लिन सकिन्छ ।
- संगठित अपराधका प्रमुख कार्यक्षेत्रहरू:
- लागू औषधको अवैध कारोबार
- हतियार बेचविखन
- मानव बेचविखन
- आतंकवाद
- अवैध आर्जन गरेको सम्पत्ति शुद्धीकरण
- नक्कली मुद्राको कारोबार
- भ्रष्टाचार
- साइबर अपराध
- एकाधिकारवाद
- अपहरण र शरीर बन्धक, फिरौती असुली
- सामान्यार्थमा संगठित अपराध भन्ने बित्तिकै आर्थिक लाभ प्राप्त गर्ने उद्देश्यले खडा भएका समूह वा अपराधकर्ताले गर्ने गम्भीर अपराध बुझिन्छ ।
- संगठित अपराधका विशेषताहरू:
- (संगठनात्मक निरन्तरता) दुई वा सोभन्दा बढी व्यक्तिहरूको आपराधिक समूह रहने, त्यसमा निरन्तरता रहने हुन्छ ।
- (पदसोपानमा आधारित संरचना) त्यस्तो आपराधिक समूहको सञ्जाल हुने, संगठनात्मक स्वरुप, संरचना र संलग्न सदस्यहरूमा पदसोपान रहने हुन्छ ।
- नियन्त्रीत सदस्यता
- अपराधिकता, हिन्सा र शक्ति संचय (दंगा, धम्की, धाक, आक्रामकता अपराधको अभिन्न अंगको रुपमा रहेको हुन्छ ।)
- विशेषज्ञताको प्रयोग
- वैधानिक (कानूनी) व्यवसायमा संलग्नता
- वैचारिक उद्देश्य रहित
- नियमबाट संचालित र गोप्यता सम्बन्धी आचरणगत नियम
- उत्पादन र सेवामा एकाधिकार स्थापना गर्न खोज्ने प्रवृत्ति
- गैर कानुनी बस्तु वा सेवा आपूर्ति
- अपराधिक उपायबाट बढि भन्दा बढि फाइदा लिने
- कानुनी कारवाहीबाट उन्मुक्ति पाउन भ्रष्टाचारको प्रयोग
- विविध व्यवसायमा संलग्न
- त्यस्ता समूहले आपराधिक कार्यलाई व्यवसायिकता वा पेसाको रुपमा लिने गर्दछन् ।
- केहि ठूला र चर्चित आपराधिक संगठित अपराधिक संगठनहरू
- माफियाको नामबाट चिनिने सिसिलियन तथा अमेरिकन ला कोसा नोस्ट्रा
- ब्रिटिस क्राइम सिन्डिकेट
- कोलम्बीयन ड्रग कार्टेलर्स
- जापानको याकुजा, यामागुची गुमी
- रसीयाको माफिया वा रसियन मोब
- भारतको D-company (दाउद इब्राहिमसँग सम्बन्धित) र छोटा राजनजस्ता अन्डरवर्ल्डस् ।
- संगठित अपराध विरुद्ध लड्न गरीएका प्रयासहरू
- UN Convention against Transnational Organized Crime 2000 (अन्तरदेशीय संगठित अपराध विरुद्धको महासन्धी २०००)
- Protocol to prevent, suppress and punish trafficking in persons, especially women and children,
- Protocol against the smuggling of migrants by land, sea and air
- Protocol against the illicit manufacturing of adn trafficking in firearms, their parts and components and ammunition 2001
- UN Convention against Corruption 2003
- Single Convention on Narcotics Drugs 1961
- UN Convention on Psychotropic Substance 1971
- UN Convention against Illicit Traffic on Narcotics Drugs and Psychotropic Substance 1988
- SAARC Convention on Narcotics Drugs and Psychotropic Substances 1990
- अन्तरदेशीय संगठित अपराध विरुद्धको महासन्धी २०००मा भएको प्रमुख प्रावधानहरू:
- संगठित अपराधिक समूहलाई अपराधीकरण गर्नु पर्ने
- अपराधबाट प्राप्त सम्पत्तिलाई अपराधीकरण गर्नु पर्ने
- भ्रष्टाचारलाई अपराधीकरण गर्नु पर्ने
- सम्पत्ति जफत गर्ने व्यवस्था
- पारस्परिक कानूनी सहायता सम्बन्धफ व्यवस्था हुनु पर्ने
- न्यायमा अवरोध गर्ने कार्यलाई अपराधीकरण गर्नु पर्ने
- साक्षीहरूको संरक्षण गरिनु पर्ने
- पीडितहरूलाई सहयोग र संरक्षण गर्नु पर्ने
- तालिम र प्राविधिक सहयोग सम्बन्धी व्यवस्था
- निरोधात्मक उपायहरूको अवलम्वन गर्नु पर्ने
- राष्ट्रियस्तरबाट अपनाइएका उपायहरू
- लागू औषध (नियन्त्रण तथा सजाय) ऐन, २०३३
- हातहतियार तथा खरखजाना ऐन, २०१९
- भ्रष्टाचार निवारण ऐन, २०५९
- अख्तियार दूरुपयोग अनुसन्धान आयोग ऐन, २०४८
- संगठित अपराध निवारण अध्यादेश, २०६९
- पारस्परिक कानूनी सहायता अध्यादेश, २०६९
- सुपर्दगी अध्यादेश, २०६९
- सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४३
- संगठित अपराध निवारण अध्यादेश, २०६९को मुख्य व्यवस्थाहरू
- संगठित अपराध कसैले गर्न वा गराउन हुँदैन
- अपराधिक समूहको लाभको लागि, अपराधिक समूहको निर्देशनमा, अपराधिक समूहको तर्फबाट, अपराधिक समूहसँग मिलेर वा अपराधिक समूहको संसथापक सदस्य वा सदस्य भई कुनै गम्भीर अपराध गरेमा संगठित अपराध गरेको मानिने