संविधान
संविधानको अर्थ:-
- राज्य शक्तिको प्रयोग गर्नका लागि स्थापना गरी तिनीहरूको संरचना, काम, कर्तव्य र अधिकारका साथै कार्य प्रक्रियाको निर्धारण गर्न मूल कानुनरूपी संहिताबद्ध दस्तावेजलाई संविधान भनिन्छ।
- सरकारका प्रमुख अंगहरूको गठन, तिनीहरूको काम, कर्तव्य र अधिकार तथा शक्तिको प्रयोग एवं सोसम्बन्धी नियन्त्रण र सन्तुलन निर्धारण गर्ने कानुनी दस्तावेजलाई संविधान भनिन्छ।
- संविधान मूल कानून हो। यसले सरकारका अंगहरूको रूपरेखा र मूख्य कामहरूको निर्धारण गर्दछ।
- संविधान एउटा यस्तो मूल कानुन हो जसले राज्यको शासन व्यवस्था सञ्चालन गर्नका लागि सरकारलाई मार्गदर्शन एवं दिशाबोध गर्दछ।
संविधानको वर्गीकरण:-
ऐतिहासिकताका आधारमा वर्गीकरण
|
|
निर्मित संविधान Enacted Constitution
|
विकसित संविधान Evolved Constitution
|
रूपका आधारमा वर्गीकरण
|
|
लिखित संविधान Written Constitution
|
अलिखित संविधान Unwritten Constitution
|
परिवर्तनियताका आधारमा वर्गीकरण
|
|
कठोर संविधान Rigid Constitution
|
नरम संविधान Flexible Constitution
|
शक्ति विभाजनका आधारमा वर्गीकरण
|
|
एकात्मक संविधान Unitary Constitution
|
संघात्मक संविधान Federal Constitution
|
संविधानको स्रोत:-
- संविधानको स्रोतको कुरा गर्दा त्यो संविधान जारी गरी लागू गर्ने अधिकार (सार्वभौम) कुन व्यक्ति, निकाय वा समूहमा छ भन्ने कुराको इंगित गर्दछ।
- नेपाल अधिराज्यको संविधान २०४७ पूर्व सार्वभौमसत्ताको अधिकार श्री ५ मा रहेको थियो भने २०४७ सालको संविधानले सार्वभौमिकताको स्रोत नेपाली जनतामा निहित राखेको जसमा राजकीय सत्ता श्री ५ मा निहित थियो (तसर्थ स्रोत जनता नभएको) तथा नेपालको अन्तरिम संविधान २०६३ मा सो पूर्णतया नेपाली जनतामा रहेको छ।
संविधान निर्माण प्रक्रिया:-
- शासकीय आदेशद्वारा संविधान निर्माण
- निरङ्कुश र गैरलोकतान्त्रिक मुलुकमा शासकद्वारा उसैको इच्छाअनुसार संविधान निर्माण गरिन्छ।
- जनताको संलग्नता नरहने
- नेपालको वैधानिक कानुन, २००४, र नेपालको संविधान, २०१९
- संविधान जारी गर्दा राज्यशक्तिको स्रोत शासक आफैँ भएको कुरा यस प्रकारका संविधानमा उल्लेख हुने गर्दछ।
- विशेषज्ञ वा आयोगद्वारा संविधान निर्माण
- कानुनका ज्ञाता र विशेषज्ञहरूको समिति बनाई संविधान मस्यौदाका लागि निश्चित कार्यादेश दिइन्छ।
- राजनीतिक सहमति वा निश्चित कानुनी प्रक्रियालाई आधार मानिन्छ।
- जनताको व्यापक सहभागिता नहुने।
- सरकार वा संसद्ले अनुमोदन गरी आफैँ जारी गर्ने।
- जनतालाई सार्वभौमशक्तिको स्रोतका रूपमा स्वीकारिए तापनि त्यो सार्वभौमशक्ति निर्माण प्रक्रियामा भने उनीहरू झन्डै असंलग्न हुन्छन्।
- नेपाल अधिराज्यको संविधान, २०४७ यसको उदाहरण हो।
- संविधान सभाद्वारा संविधान निर्माण
- लोकतान्त्रिक प्रक्रिया
- जनचाहना र जनप्राथमिकतालाई सर्वोपरि मानिएको हुन्छ।
- जननिर्वाचित प्रतिनिधि संविधानसभाका सदस्यहरू जनतासँगै रहेर उनीहरूको भावनाअनुरूप संविधानको मस्यौदा तयार पारी त्यसलाई व्यापक विचार-विमर्शपश्चात् अन्तिम रूप दिन्छन्।