प्रश्नहरू:
- अनौपचारिक शिक्षा केन्द्रले वि. सं. २०७२ भाद्र १७ मा सार्वजनिक गरेको तथ्यांक अनुसार देशभर निरक्षर जनसंख्या कति प्रतिशत रहेको छ?
- नेपाल ओलम्पिक कमिटी (NOC) को अध्यक्षमा को निर्वाचित भएका छन्?
- विश्वकै होचा व्यक्तिका रूपमा गिनिज बुक अफ दि वर्ल्ड रेकर्डस् मा नाम लेखाउन सफल नेपालका चन्द्रबहादुर डाँगीको ७५ वर्षको उमेरमा कहिले निधन भयो?
- आयात प्रतिस्थापन र निर्यात प्रबर्द्धन गर्दै व्यापार घाटा कम गर्ने उद्देश्यसहित सरकारले नयाँ वाणिज्य नीति कहिले सार्वजनिक गर्यो?
- भारतको उडिसास्थित एक विश्वविद्यालयद्वारा मानार्थ विद्यावारिधि प्राप्त गर्ने नेपाली को हुन्?
- दिगो विकास लक्ष्य (SDG-Sustainable Development Goal) सम्बन्धि प्रतिवेदन अनुसार नेपाललाई कहिलेसम्म जोखिममुक्त र सुरक्षायुक्त मानव विकास भएकव मुलुक बनाउने लक्ष्य तय भएको छ?
- नेपालमा दिगो आर्थिक विकास र मजबुत ग्रामीण अर्थतन्त्रद्वारा गरिबी निवारण गर्ने बलियो आधार केलाई मानिएको छ?
- नेपालमा लैंगिक समानता तथा महिला सशक्तीकरण राष्ट्रिय कार्ययोजना कहिले तर्जुमा गरियो?
- पृथ्वीको भित्री भागमा रहेको तापबाट उत्पन्न शक्तिलाई के भनिन्छ?
- ग्रह तथा उपग्रहहरूले आ-आफ्नो सतहमा रहेका बस्तुहरूलाई केन्द्रतिर तान्ने बललाई के भनिन्छ?
- नेपालमा निजी क्षेत्रको लगानीमा निर्मित पहिलो जलविद्युत आयोजना कुन हो?
- वातावरण तथा विकाससम्बन्धी विश्व आयोग(Brundtland Commission) ले हाम्रो साझा भविष्य(Our Common Future) नामक प्रतिवेदनमा दिगो विकास शब्दको प्रयोग कहिले गरेको थियो?
- भविष्यका पुस्ताका आवश्यकतासँग सम्झौता नगरीकन वर्तमान पुस्ताका आवश्यकता परिपूर्ति गर्नु नै दिगो विकास हो। भन्ने परिभाषा कसको हो?
- प्रसिद्ध कृति “Theory of Natural Selection” कसले प्रतिपादन गरेका हुन्?
- नेपालमा सर्वप्रथम कहिलेदेखि जन्म, मृत्यु, विवाह, बसाइसराइ आदिको दर्ता प्रणाली शुरू गरिएको हो?
- रोगका कीटाणूहरू एक व्यक्तिबाट अर्को व्यक्तिमा सार्ने तर आफुलाई कुनै असर नदेखाउने माध्यमलाई के भनिन्छ? (उदाहरण: मलेरिया सार्नमा लामखुट्टे)
- शारीरिक तथा मानसिक स्फूर्ति बढाउन खेलाडीहरूले प्रतिबन्धित औषधि(Steroids) सेवन गरे नगरेको पत्ता लगाउन गरिने परीक्षणलाई के भनिन्छ?
- नेपालको पहिलो लिखित संविधान कुन हो?
- स्थानीय प्रशासनको संरचनामा जनसहभागिताको महत्त्वलाई कुन अवधारणागत पक्षले जोड दिन्छ?
- सुशासनका चार स्तम्भहरू (Four Pillars of Good Governance) अन्तर्गत पर्ने विषयहरू के-के हुन्?
- कुनै सैनिक गुटमा आबद्ध नभई अन्तर्राष्ट्रिय शान्तिकव मान्यतालाई आत्मसात गरी तटस्थ रहने नीतिलाई के भनिन्छ?
- “Agenda for Development” नामक विकाससम्बन्धी प्रतिवेदन प्रस्तुत गर्ने UNO का महासचिव डा. बुत्रोस बुत्रोस घाली (छैटौँ महासचिव) हुन् भने UNO को सुधारसम्बन्धी “Quiet Revolution” नामक प्रतिवेदन प्रस्तुत गर्ने महासचिव को हुन्?
- नेपालले कहिलेदेखि संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा आफ्ना सैनिकहरूलाई सहभागी गराउँदै आएको छ?
- सहुलियतपूर्ण व्यापारसम्बन्धी सार्क सम्झौता (Agreement on SAARC Preferential Trading Arrangement-SAPTA) कहिले देखि लागू भएको हो?
- व्युटिसियन डिभा २०१५ को उपाधि कसले जितिन्?
- नेपालमा निजामती सेवा दिवस कहिले मनाइन्छ?
- Double Track Strategy of Development कस्तो रणनीति हो?
- नेपालको कुन विमानस्थललाई तेन्जिङ हिलारी विमानस्थल नामाकरण गरिएको छ?
- लोकसेवा आयोगको केन्द्रीय कार्यालय कमलपोखरीबाट अनामनगर कहिले सारिएको हो?
- विश्वमै सबैभन्दा धेरै पशुबली चढाउने प्रसिद्ध गढिमाई मन्दिर कहाँ रहेको छ?
- जनसंख्यासम्बन्धी अध्ययन गर्ने शास्त्रलाई के भनिन्छ?
- राष्ट्रिय जनगणना २०६८ अनुसार सबैभन्दा बढि जनसंख्या भएका पाँच शहर कुन-कुन हुन् ?
- वनस्पति. जनावर एवं वातावरणबीचको अन्तरसम्बन्धलाई के भनिन्छ?
- पृथ्वी वरिपरि रहेको हावाको आवरणलाई के भनिन्छ?
- शैक्षिक क्षेत्रसँग सम्बन्धित संस्था पीपी फाउन्डेसनद्वारा प्रदान गरिने राष्ट्रिय उत्कृष्ट शिक्षक पुरस्कार २०१५ बाट सम्मानित हुने शिक्षक को हुन्?
- एउटा थैलीमा जति रूपैयाँको सिक्का छन् त्यसको दुई गुना मोहर र चार गुना सुकी छन्। यदि थैलीमा जम्मा १५ रूपैयाँ छ भने रूपैयाँको सिक्का कति रहेछन्?
- २०७२ सालमा मनाइएको १६ औँ शिक्षा दिवसको नारा के रहेको छ?
- २०७२ सालमा मनाइएको निजामती सेवा दिवसको नारा के रहेको छ?
- नेपाल चलचित्र प्राविधिक संघद्वारा हरेक वर्ष प्रदान गरिने कलारत्न उपाधिबाट २०७२ मा सम्मानित हुने कलाकार को हुन्?
- “जिउँदो सिंह” (The Living Lion Of Nepal) भनी कसलाई चिनिन्छ?
थप सामग्री: विजयकुमार पाण्डेले “खुसी” का लागि यस वर्षको मदन पुरस्कार प्राप्त गरेका छन्।
उत्तरहरू: